स्रोत नखुलेको साढे १० लाखसहित खानेपानी संस्थान बुटवलका प्रमुख पक्राउ
बुटवलस्थित नेपाल खानेपानी संस्थानका कार्यालय प्रमुख सन्तोष साह स्रोत नखुलेको साढे १० लाख रुपैयाँसहित पक्राउ परेका छन्।
लु. १ ञ ९५ नम्बरको गाडीमा बुटवलबाट काठमाडौं आउँदै गरेका साहलाई १० लाख ५५ हजार ५ सय रुपैयाँबराबरको नगद र भौचरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो।
स्रोत नखुलेको नगद रकम २ लाख ३३ हजार ५ सय र बैंकमा जम्मा गरेको बैंक भौचर ८ लाख २२ हजारबराबरको रकमसहित उनलाई आइतबार धादिङको धुनिबेंसीबाट पक्राउ गरिएको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।