पाँच कर्मचारीमा कोरोना पुष्टि,  कपिलवस्तु अस्पतालका सबै सेवा बन्द

पाँच कर्मचारीमा कोरोना पुष्टि,  कपिलवस्तु अस्पतालका सबै सेवा बन्द

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि कपिलवस्तु जिल्ला अस्पतालका अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ। अस्पतालका विभिन्न फाँटमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको अस्पतालका व्यवस्थापक रत्नाकर शुक्लले बताए।
 
आइतबार अस्पतालका एक नर्सिङ कर्मचारी, एक ल्याबका कर्मचारी, एक्सरे र ओपीडीमा काम गर्ने कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसरी कोरोना पुष्टि हुनेमा तीन पुरुष र दुई महिला छन्।
 
अस्पतालको आन्तरिक बैठकले संक्रमणको सम्भावित जोखिममा रहेकाहरुको स्वाब परीक्षण रिपोर्ट नआएसम्म अति आवश्यक इमरजेन्सीबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको हो।
 
हालसम्म कपिलवस्तु जिल्ला अस्पतालमा कार्यरत ६ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। अस्पतालमा कार्यरत एक नर्स दुई महिनाअघि संक्रमित भएकी थिइन् । उनी कोरोनालाई जितेर काममा फर्किसकेकी छन्। 


Leave a Reply

Your email address will not be published.