भद्रपुर नगरपालिकाको तरकारी बजार बन्द
झापाको भद्रपुर नगरपालिकाले तरकारी बजार बन्द गर्ने निर्णय गरेको छ।
कोरोना भाइरस संक्रमण बढ्दै गएपछि रोकथाम तथा नियन्त्रणका लागि तरकारी बजार बन्द गर्ने निर्णय गरेको हो। यहाँ हरेक साताको सोमबार र शुक्रबार तरकारी बजार लाग्दै आएको थियो।
सोमबार र शुक्रबारबाहेक अन्य बारका हकमा सार्वजनिक बाटो, नाला तथा पेटीमा पसल राख्न नदिने निर्णय पनि गरेको छ।
‘टहराभित्र रहेका व्यवसायीले आ-आफ्नो स्थानमा रही नेपाल सरकारको स्वास्थ्य मापदण्डको पालना गरी व्यापार-व्यवसाय सञ्चालन गर्नुपर्ने छ,’ नगरपालिकाले जारी गरेको सूचनामा छ।