भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण 

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण 

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

सोमबार ट्वlट गर्दै मुर्खजीले आफूलाई कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिएका छन्।

‘नियमित परीक्षणका लागि अस्पताल गएको थिएँ, कोरोना परीक्षण गराउँदा मलाई पोजेटिभ देखिएको छ, मेरो सम्पर्कमा आएका सबैले स्वास्थ्य परीक्षण गरी आइसोलेसनमा बस्नु होला,’ पूर्वराष्ट्रपतिमुखर्जीले भनेका छन्। 

भारतले कोरोना संक्रमित र मृतकको संख्यामा अमेरिका र ब्राजिललाई पछि छोडेको छ। 

भारतमा एकै दिन ६२ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् भने १ हजारभन्दा बढीको मृत्यु भएको छ।

भारतमा बितेको चौबिस  घन्टामा ६२ हजार १ सय १७ जना नयाँ संक्रमित फेला परेका छन् भने १ हजार १३ जनाको मृत्यु भएको हो।

योसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४४ हजार ४ सय ६६ पुगेको छ भने २२ लाख १४ हजार १ सय ३६ जना संक्रमित छन्।

 


Leave a Reply

Your email address will not be published.