नेपालगन्जमा १४ संक्रमित सम्पर्कविहीन, खोजी गर्न टोली परिचालन

नेपालगन्जमा १४ संक्रमित सम्पर्कविहीन, खोजी गर्न टोली परिचालन

नेपालगन्जमा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दो छ। स्थानीय प्रशासनले कोरोना नियन्त्रणका लागि चारकिल्ला तोकेर निषेधाज्ञा नै जारी गरेको छ।

तर, जनस्तरबाट आफूहरूलाई असयोग भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ। कोरोना पोजेटिभ दखिएकाहरू लुकेर समुदायमै बसेपछि जोखिम बढेको स्वास्थ्य कार्यालयको भनाइ छ।

साउन २२ गते वडा प्रहरी कार्यालयबाट स्वाब संकलन गरिएका मध्येका आठजना र २५ गते पोजेजिभ नतिजा आएका ६ जना गरी १४ जना संक्रमित सम्पर्कमा नआउँदा संक्रमणको अवस्था भयावह हुने चिन्ता व्यक्त हुन थालेको छ।

लुकेर बसेका मध्ये एकजना सरकारी अधिकृत समेतगरि अधिकांश ‘पहुँचवाला’ व्यक्ति रहेको स्थानीय प्रशासनले जनाएको छ। उनीहरू सबैले मोबाइल अफ गरेर बसेका कारण खोजिमा समस्या भइरहेकाले प्रहरीको सहयोग मागिएको जनस्वास्थ्य कार्यालयको भनाइ छ।

यसैबीच बाँकेका प्रमुख जिल्ला अधिकारी तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक रामबहादुर कुरुम्बाङ्गले संकटको समयमा सबैको सहयोगले मात्रै संक्रमण नियन्त्रणमा लिन सकिने भएकाले सबैलाई सम्पर्कमा आइदिन आग्रह गरेका छन्।


Leave a Reply

Your email address will not be published.