कन्सल्टेन्सी रहेको पुतलीसडकको एक घरमा आगलागी

कन्सल्टेन्सी रहेको पुतलीसडकको एक घरमा आगलागी

पुतलीसडकस्थित एक घरमा सोमबार दिउँसो आगलागी भएको छ।

स्टयान्डर्ड एजुकेसन कन्सल्टेन्सीको कार्यालय रहेको घरमा आगलागी भएको हो।

विद्युत सर्ट सर्किट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ। आगलागीमा कुनै मानवीय क्षति नभए पनि कागजात, कम्प्युटर र सोफासेटलगायत सामान जलेर नष्ट भएका छन्।

आगो लागेको केही समयमै काठमाडौं महानगरपालिकाको दमकल पुगेकाले समयमै नियन्त्रणमा आएको थियो।

आगलागी उक्त भवनको तेस्रो तलामा भएको हो।


Leave a Reply

Your email address will not be published.