न्यायाधीशमा कोरोना देखिँदा तीन दिन मोरङ अदालत बन्द 

न्यायाधीशमा कोरोना देखिँदा तीन दिन मोरङ अदालत बन्द 

मोरङ जिल्ला अदालतका एक न्यायाधीशमा कोरोना पोजेटिभ देखिएपछि अदातल तीन दिनका लागि बन्द गरिएको छ। अदालतका सूचना अधिकारी युवराज पौडेलले न्यायाधीशमा कोरोना पोजेटिभ भएको थाहा पाउनेबित्तिकै सबै सेवा ठप्प बनाइएको र अदालत परिसरमा निर्मलीकण गर्ने काम तीव्र पारिएको जानकारी दिए।

पौडेलकाअनुसार ती न्यायाधीशमा आइतबार साँझ संक्रमण पुष्टि भएको थियो। अदालतका अन्य कर्मचारीसहित न्यायाधीशको समेत पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। 

अन्य कर्मचारीको भने पिसिआर नजिता नेगेटीभ आएको छ। संक्रमित न्यायाधीशको कुनै ट्राभल हिस्ट्री नभएको पौडेलले जानकारी दिए। उनलाई सेवाग्राहीबाटै सरेको हुनसक्ने पौडेलको आशंका छ। 

अदालत बन्द भएपछि नियमित सुनुवाइका मुद्दासमेत प्रभावित बनेका छन्। सूचना अधिकारी पौडेलका अनुसार अब मुद्दाको नयाँ मिति तय गरेर मात्र सेवाग्राहीलाई जानकारी गराइने छ। 

न्यायाधीशसँग सम्पर्कमा रहेका सेवाग्राही, कर्मचारी र अन्य व्यक्तिहरूको समेत पिसिआर परीक्षण गरिदिन विराटनगर महानगरपालिकालाई आग्रह गरिएको छ। मोरङमा पछिल्लो साता कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ। सोमबारसम्मको तथ्याङ्कअनुसार मोरङमा ५ सय ७९ संक्रमित भेटिएका छन्।


Leave a Reply

Your email address will not be published.