जयपृथ्वी राजमार्ग सेती नदीले बगायो, चैनपुरको यातायात अवरुद्ध

जयपृथ्वी राजमार्ग सेती नदीले बगायो, चैनपुरको यातायात अवरुद्ध

जयपृथ्वी राजमार्ग अन्तर्गत बझाङको मटेलामा सेती नदीले सडक बगाएपछि बझाङ सदरमुकाम चैनपुर जोड्ने यातायात अवरुद्ध बनेको छ। 

आइतबार रातिदेखि भएको अवीरल बर्षाका कारण सेतीमा आएको बाढीले छबिसपाथिभेरा गाउँपालिका–१ मटेलामा करिव २५ मिटर सडक नदीले बगाएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक गणेश बहादुर बमका अनुसार पहिरोले सडक बगाएपछि चैनपुरतर्फ रहेका १ दर्जन सवारी थन्किएका छन्। 

नदीमा पानीको सहत अझै बढ्दै गएका कारण अहिले सो क्षेत्रमा मानिसको हिँडडुलसमेत बन्द गरिएको बमले बताए। सडक मर्मतका लागि सडक डिभिजन कार्यालय बैतडीलाई खबर गरिएको भए पनि मर्मत टोली नपुगेको उनले बताए। सडक सुचारु हुन तीन/चारदिन लाग्न सक्ने जनाइएको छ।


Leave a Reply

Your email address will not be published.