रक्सीले मातेका व्यक्तिले पछार्दा एकजनाको ज्यान गयो

रक्सीले मातेका व्यक्तिले पछार्दा एकजनाको ज्यान गयो

रुपन्देही सियारी गाउँपालिका-३ सीतापुर बस्ने ५५ वर्षीय जंगबहादुर बेलदारको मृत्यु भएको छ। गाउँकै ४० वर्षीय ओमप्रकाश यादवले मादक पदार्थ सेवन गरी ठट्टा गर्ने क्रममा उचालेर पछार्दा बेलदारको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ढाड र कम्मरमा चोट लागी उपचारका लागि मेडिकल कलेज भैरहवा ल्याएकोमा त्यहाँ उपचार सम्भव नभएपछि अन्यत्र लैजान भनिएको थियो। आर्थिक अवस्था कमजोर भएका बेलदारको घरमा लगी राखेको अवस्थामा सोमबार मृत्यु भएको हो।

मृत्यु भएको खबर पाउनसाथ इलाका प्रहरी कार्यालय बेथरीले ओमप्रकाश यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

त्यसैगरी रुपन्देहीको  रोहिणी गाउँपालिका-३ हिरा इँटा उद्याेग बस्ने गब्बु दर्जीकी १८ वर्षीया छोरी आशिया दर्जी मृत अवस्थामा भेटिएकी छिन्।

आइतबार दिउँसोदेखि हराएकी उनकाे खोजी गर्ने क्रममा सोमबार हिरा इँटा उद्योगको इँटा बनाउन माटो निकालिएको खाल्डाेमा जमेको पानीमा डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published.