काठमाडौं उपत्यकामा थप ४४ जनामा संक्रमण पुष्टि
काठमाडौं उपत्यकामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा उपत्यकामा ४४ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ४ जना नयाँ संक्रमित थपिएका हुन्।
यससँगै काठमाडौंमा ९४८, ललितपुरमा १४३ र भक्तपुरमा ८९ जनामा संक्रमित पुष्टि भएको छ। सोमबार देशभर ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। योसँगै नेपालमा कूल संक्रमित २३ हजार ३ सय १० जना पुगेका छन्।
सोमबारसम्म कोरोना संक्रमणको कारण ७९ जनाको मृत्यु भएको छ।