सफाइ पाएर धरौटी बुझाउन नसक्दा विप्लव नेता पुन: कारागार चलान

सफाइ पाएर धरौटी बुझाउन नसक्दा विप्लव नेता पुन: कारागार चलान

धनगढीबाट पक्राउ परेका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सेती महाकाली इन्चार्ज ओमप्रकाश पुन कारागार चलान भएका छन्। 

जिल्ला अदालत कैलालीमा आज भएको थुनछेक बहसपछि पुनसँग ५० हजार धरौटी माग भएकोमा नबुझाएपछि कारागार चलान गरिएको हो।

अदालतका सूचना अधिकारी नरबहादुर नेगीका अनुसार पुनलाई ५० हजार धरौटी तिराएर तारेखमा छोड्ने आदेश भए पनि रकम नबुझाएपछि कारागार चलान गरिएको हो।

पुनलाई गत असार ३१ मा प्रहरीले धनगढीको कनरीबाट पक्राउ गरेको थियो। कटुवा पेस्तोल र गोलीसहित पुन र उनकी श्रीमती पूर्णिमा धामीलाई पक्राउ गरेको थियो।

अदालतले पुनकी श्रीमती धामीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो।


Leave a Reply

Your email address will not be published.