झापामा एक सेनासहित नौजनामा कोरोना संक्रमण

झापामा एक सेनासहित नौजनामा कोरोना संक्रमण

झापामा नेपाली सेनाका एक सिपाहीसहित आज नौजनामा कोरोना संक्रमण देखिएको छ।

संक्रमित हुने नेपाली सेनाका नयाँ श्रीनाथ गण चारआलीमा कार्यरत जवान छन्। उनी होल्डिङ सेन्टरको सुरक्षार्थ बसेर बिदामा घर गएका थिए। 

घरबाट फर्किएर उनलाई सेनाको आन्तरिक क्वारेन्टाइनमा राखिएको थियो। आन्तरिक क्वारेन्टाइनमा बसेका पाँच र कलवलगुडी क्वारेन्टाइनको सुरक्षार्थ बसेका चार गरी नाैजना सैनिकको स्वाब परीक्षणका लागि पठाउँदा एकजनाको रिपोर्ट पोजिटिभ आएको नयाँ श्रीनाथ गणले जनाएको छ। 

त्यसैगरी आजै गौरादह नगरपालिकाका पाँचजनामा संक्रमण देखिएको छ। संक्रमित सबै पुरुष हुन्।

वडा नम्बर ५ , ७ र ९ का ती पुरुष भारतबाट फर्केर स्थानीय क्वारेन्टाइनमा बसेका थिए। त्यस्तै भद्रपुर नगरपालिकाका दुईजनामा संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये एक महिला र अर्का पुरुष हुन्। वडा नम्बर ८ का ती संक्रमित भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका थिए। त्यस्तै आजै कमल गाउँपालिकाका एकजना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।

वडा नम्बर ३ का ती पुरुष पनि भारतबाट फर्केको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले बताए।


Leave a Reply

Your email address will not be published.