लोकगायक तथा सञ्चारकर्मी निर्मोहीमा कोरोना संक्रमण 

लोकगायक तथा सञ्चारकर्मी निर्मोहीमा कोरोना संक्रमण 

वरिष्ठ लोक गायक तथा सञ्चारकर्मी कमल विके 'निर्मोही' मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। निर्मोहीले आफू कोरोना संक्रमित भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्।

निर्मोहिका अनुसार भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। 

संक्रमण पुष्टि भएलगत्तै सोमबारै खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा जान लागेको निर्मोहीले जानकारी दिएका छन्। उनको स्वास्थ्य अवस्था सामान्य छ।


Leave a Reply

Your email address will not be published.