जनकपुरबाट हतियारसहित युवक पक्राउ

जनकपुरबाट हतियारसहित युवक पक्राउ

प्रहरीले जनकपुरबाट एकजनालाई हतियारसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–३ बस्ने २१ वर्षीय सुजित यादव रहेको प्रहरीले जनाएको छ।

जनकपुरधाम–१० स्थित बाह्रबिघा मैदानमा एकजना मानिस हतियार बेचबिखनको लागि आएको गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी मकेन्द्र मिश्रले जानकारी दिए।

ज १ ह नम्बरको टेम्पो चढेर आइरहेको बेला चेकजाँचको क्रममा उनको साथबाट हतियार फेला परेको मिश्रले बताएका छन्। यादवको साथबाट ४.५ लेखिएको अटोमेटिक पेस्तोल एकथान र त्यसमा प्रयोग हुने एकथान म्याग्जिन बराम भएको उनले जानकारी दिए।

पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published.