‘सरकारको समर्थन वा विरोधमा र्‍याली ननिकालौं’

‘सरकारको समर्थन वा विरोधमा र्‍याली ननिकालौं’

उपत्यका प्रवेश गर्ने विन्दुमा अत्यन्त कडाई गर्न उपत्यका नगरपालिका फोरमले सरकारसँग माग गरेको छ। फोरमको आज बसेको बैठकले उक्त माग गरेको हो। 

फोरमले आइतबार कोभिङ- १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का संयोजकसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग रक्षा मन्त्रालयमा छलफल गरी यही सुझाव दिएको थियो। घनावस्ति रहेको उपत्याकामा नाकामै कडाइ नगरिए कोरोनाको उच्च जोखिम रहेको फोरमको ठहर छ।

'फोरमले नाकामा नागरिको आवागमनमा पुर्णतः नियन्त्रण गर्न सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘तेस्रो मूलुकबाट आउनसक्ने ठूलो संख्याका यात्रुलाई ध्यानमा राखी क्वारेन्टाइन व्यवस्थापन र सञ्चालन नियमावली अनुसार रहने गरी एकीकृत क्वारेन्टाइन संघीय सरकारले सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापन गर्न माग गरेका छौं।’ 

बैठकले उपत्यकामा समूदाय स्तरमा कोरोना संक्रमण फैलिन सक्ने खतरालाई ध्यानमा राखी सरकारको समर्थन वा विरोधमा र्‍याली, भेला, अनसन, जुलुसलगायतका गतिविधि गर्न कडाईका साथ निषेध गरिनुपर्ने जनाएको छ।  भिडभाडहुने सांस्कृतिक गतिविधि, जात्रा पर्व सञ्चालनमा पनि रोक लगाउन बैठकको अनुरोध गरेको छ। 

मास्क नलगाई आवत जावत गर्न तथा मास्कलाई उपयुक्त रुपमा प्रयोग नगर्नेहरूलाई कारबाही गर्न पनि फोरमको माग छ। आर्थिक गतिविधिलाई चलायमान गर्नका लागि खुकुलो बनाइएको र बाक्लो आवतजावत रहन गएका व्यापारिक क्षेत्र तथा सपिङ्ग महलहरु, होटल, रेष्टुरेष्टमा कोरोनाको उच्च जोखिम रहने भएकाले सतर्कता मापदण्डमा कडाइ गर्न सुझाव दिइएको छ।

तरकारी व्यापारलाई साँझ विहान मात्र सिमित गरी निर्माण कार्य, फुटपाथ, ठेलागाडा, साइकलमार्फत गरिने व्यापारलाई भाद्र १५ गतेसम्मका लागि निषेध गर्नुपर्ने पनि बैठकको ठहर छ।

सार्वजनिक यातायात पूर्ण रुपमा सञ्चालन भएपछि संक्रमण दर तीब्र भएको स्थितिलाई ध्यानमा राखी पुनः जोरविजोर प्रणाली लागु गरिएकोमा संक्रमणलाई नियन्त्रणमा राख्न सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ।


Leave a Reply

Your email address will not be published.