सार्वजनिक यातायात, हवाई उडान र स्कुल सञ्चालन भदौ १५ गतेसम्म पुनः रोक्ने मन्त्रिपरिषदको निर्णय

सार्वजनिक यातायात, हवाई उडान र स्कुल सञ्चालन भदौ १५ गतेसम्म पुनः रोक्ने मन्त्रिपरिषदको निर्णय

सरकारले सार्वजनिक यातायात सञ्चालन र हवाई उडानमा भदौ १५ गतेसम्म पुनः रोक लगाउने निर्णय गरेको छ। सरकारले अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १५ गतेसम्म रोक लगाउने निर्णय गरेको हो।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सिसिएमसी) को सिफारिसका आधारमा १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको हो ।

यो निर्णयसँगै अब सार्वजनिक यातायात, शैक्षिक संस्था तथा अन्तर्राष्ट्रिय र आन्तरिक उडान सञ्चालन हुने छैनन्। 

बैठकले सीमा नाकाको आवागमनमा पनि कडाई गर्ने निर्णय गरेको छ। जस अनुरुप भारतबाट आउने नेपालीहरूका लागि तोकिएका २० प्रवेश बिन्दुबाट १० मा झारिएको छ। यस्तै अन्यत्रबाट आउनेहरूलाई पूर्ण रुपमा निशेष गर्ने निर्णय गरेको छ।

कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन भइ मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम पनि बढेको भन्दै सरकारले उद्योग तथा कलकारखानाभित्र क्वारेन्टाइनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पूरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ।


Leave a Reply

Your email address will not be published.