कुन कुन प्रदेशमा हुन्छ आज भारी वर्षा?
अहिले देशका विभिन्न भागमा मध्यमखालको वर्षा भइरहेको छ।
आज खासगरी प्रदेश ५, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
विभागले देशका धेरै भागमा चट्याङसहित मध्यमखालको वर्षा हुने अनुमान गरेको छ।
गण्डकी प्रदेश, प्रदेश नं ५ कर्णाली प्रदेश, र सुदुर पश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।
थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना भएकाले उक्त स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने पनि विभागले जनाएको छ।