ह्वाइट हाउस नजिकै गोली चल्यो, ट्रम्प केहीबेर ‘सुरक्षित स्थान’मा 

ह्वाइट हाउस नजिकै गोली चल्यो, ट्रम्प केहीबेर ‘सुरक्षित स्थान’मा 

अमेरिकाको प्रमुख प्रशासनिक केन्द्र ह्वाइट हाउसको छेउमै गोली चलेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पत्रकार सम्मेलन सम्बोधन गरिरहेको बेला ह्वाइट हाउस अगाडी गोली चलेको हो।

राष्ट्रपतिले पत्रकार सम्मेलनलाई सम्बोधन गरिरहेका बेला गोली चलेपछि उनलाई सुरक्षा कर्मचारीले सुरक्षित स्थानतर्फ लगेका थिए।

केही बेरपछि  सुरक्षित स्थानबाट सम्मेलनमा आएका ट्रम्पले शंकास्पद व्यक्तिमाथि गोली चलाइएको बताएका थिए।

ट्रम्पले सुरक्षामा खटिएका सुरक्षाकर्मीदेखि आफू खुसी भएको बताए। 

ट्रम्पले भनेका छन् ‘कोही आएको थियो होला, उसँग हाम्रो केही लेनादेना थिएन। सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिइसकेका छन्।’ 

 


Leave a Reply

Your email address will not be published.