वीरगन्जमा थप ७० जनामा संक्रमण पुष्टि, प्रहरी र चिकित्सक पनि

वीरगन्जमा थप ७० जनामा संक्रमण पुष्टि, प्रहरी र चिकित्सक पनि

वीरगन्जमा दुईजना चिकित्सकसहित थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको पिसिआर परिक्षणमा २२ जना महिला र ४८ जना पुरुष गरी ७० जनामा संक्रमण पुष्टि भएको हो। 

संक्रमण पुष्टि हुनेमा पर्साका ६५ जना र बाराका ५ जना रहेको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट डा। मदन उपाध्यायले जानकारी दिए। 

उनका अनुसार संक्रमित हुनेहरुमा ५ वर्षीय बालकदेखि ८६ वर्षीय वृद्धासम्म छन्। 

संक्रमित हुनेमा वडा प्रहरी कार्यालय बिर्ताका ८ र जिल्ला प्रहरी कार्यालय पर्साका १ जना रहेका छन्। 

थपिएको संक्रमितमध्ये नारायणी अस्पतालको क्वारेन्टाइनमा रहेका ५ वर्षीया बालिकासहित ३ जना, वीरगञ्ज माईस्थानका ३ जना र वीरगञ्ज बिर्ताका ८६ वर्षीय वृद्धसहित ९ र छपकैयाका ५ जना छन्। पुष्टि भएका ७० जनामध्ये नेशनल मेडिकल कलेजका २ जना चिकित्सक पनि छन्। 

त्यसैगरी संक्रमित हुनेमा धेरै जसो वीरगञ्जको आदर्शनगर, रामटोल, मुर्लि, रेशमकोठी, भिषुवा, लिंकरोड घण्टाघरलगायतका क्षेत्रका बासिन्दा रहेका छन् भने पर्साको धोबिनी गाउँपालिका ३ का १ जना र जगरनाथपुर गाउँपालिकाक २ जना रहेका छन्। 

बाराको बिश्रामपुर गाउँपालिका ५ इटियाहीका १, पथलैया , सिमरा र कुटुवा बाराका थप १र१ जनागरी ४ जना र निजगढका एक जान शस्त्र प्रहरीमा संक्रमित पुष्टि भएको छ।
 


Leave a Reply

Your email address will not be published.