डोटीमा घर भत्कियो, परिवारका चारजनाको मृत्यु 

डोटीमा घर भत्कियो, परिवारका चारजनाको मृत्यु 

डोटीको आदर्श गाउँपालिका–१ बाँझककानी खलगडामा एउटा घर भत्किँदा परिवारका चारजनाको मृत्यु भएको छ। 

पाँचजना घाइते भएका छन्। 

स्थानीय गोविन्द पार्कीका अनुसार सोमबार राति घर भत्किँदा लागे बिककी श्रीमति विष्णा बिक, १२ वर्षीय छोरा पारस, छोरीहरु आठ वर्षीया सिर्जना र चार वर्षीया जेनिसाको मृत्यु भएको हो। 

घरले च्यापेर लागे बिक, उनकी आमा, एउटी छोरी तथा पाहुना बस्न गएका सासु र साला पनि घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख इन्द्र मल्लले घटनास्थलमा प्रहरीको टोली पुगेको जानकारी दिएका छन्। 

उनका अनुसार तीन तले घर भत्किन थालेपछि सबैजना भाग्न थालेका थिए। तर, आँगनमा पुग्दा सबैलाई पुरेको थियो। 


Leave a Reply

Your email address will not be published.