तेस्रो दिन पनि घट्यो सुनको भाउ, चाँदीको भाउ उच्च
नेपाली बजारमा पछिल्ला ३ दिनमा बहुमूल्य पहेँलो धातु सुनको भाउ १ हजार ९ सय रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाला सुनको भाउ मंगलबार ८ सय, सोमबार २ सय र आइतबार ९ सय रुपैयाँले घटेको हो। यससँगै छापावाला सुन तोलाका १ लाख १ हजार ६ सय रुपैयाँ कायम भएको छ।
सोमबार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार ४ सय रुपैयाँमा किनबेच भएकोमा आइतबार सुन तोलाको १ लाख २ हजार ६ सय रुपैयाँ भाउ थियो। गत शुक्रबार हालसम्मकै उच्च विन्दुमा पुगेर सुन तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो।
महासंघका अनुसार तेजाबी सुनको भाउ पनि तोलामा ८ सय रुपैयाँले घटेको छ। तेजाबी सुन मंगलबार तोलाको १ लाख १ हजार १ सय रुपैयाँमा किनबेच भइरहेको छ। तेजाबी सुन सोमबार तोलाको १ लाख १ हजार ९ सय रुपैयाँ थियो, भने आइतबार १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
शुक्रबार तेजाबी सुन तोलाको १ लाख ३ हजार रुपैयाँमा किनबेच भएको थियो। चाँदीको भाउ भने उकालो लागेको छ। महासंघका अनुसार मंगलबार चाँदीको भाउ तोलाको ४० रुपैयाँले बढेर १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको भाउ तोलाको १५ रुपैयाँले घटेर १ हजार ३ सय ९५ रुपैयाँमा किनबेच भएको थियो।
चाँदी आइतबार तोलाको १ हजार ४ सय १० रुपैयाँमा किनबेच भएको थियो भने शुक्रबार १ हजार ४ सय ५ रुपैयाँ थियो।