जनकपुरमा कोरोना संक्रमित एक वृद्धको मृत्यु

जनकपुरमा कोरोना संक्रमित एक वृद्धको मृत्यु

जनकपुरमा फेरि एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। कोभिड अस्पतालमा उपचार भइरहेका ६० वर्षीय कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको हो।

मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका बस्ने ६० वर्षीय पुरुष रहेको कोभिड अस्पतालका संयोजक डा. जामुन सिंहले जानकारी दिएका छन्। उनको कोभिड निमोनियाका कारण आइसोलेसनको आइसियूमा सोमबार राति मृत्यु भएको डा. सिंहले बताए।

पछिल्लो १८ दिनदेखि आइसोलेसनमा भर्ना भएका उनी क्षयरोगबाट समेत सिकिस्त रहेको सिंहले जनाए।  

यसअघि सोमबार जनकपुरको कदम चोकस्थित विनय तारा फाउन्डेसन क्यान्सर अस्पतालमा भर्ना भएका त्यहाँका सुरक्षागार्डको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको थियो।

यससँगै कोरोना संक्रमणका कारण धनुषामा तीनजनाको ज्यान गइसकेको छ।


Leave a Reply

Your email address will not be published.