म्यानचेस्टर र इन्टर पुगे युराेपा कपकाे सेमिफाइनलमा

म्यानचेस्टर र इन्टर पुगे युराेपा कपकाे सेमिफाइनलमा

एफसी कोपनहेगनलाई १–० ले पराजित गर्दै इंग्लिस टोली म्यानचेस्टर युनाइटेड सोमबार राति युरोपा लिग फुटबलको सेमिफाइनलमा पुगेको छ।

म्यानचेस्टरको जितमा ब्रुनो फर्नान्डेजले अतिरिक्त समयमा पेनाल्टीबाट गोल गरेका थिए। इटालियन टोली इन्टर मिलानले बायर लेभरकुसनलाई हराएर अन्तिम चारको यात्रा तय गरेको हो।

युरोपा लिगको सेमिफाइनलमा पुग्नका लागि इन्टरले २–१ ले जित्दा बेल्जियमका फरवार्ड रोमेलु लुकालुले गतिलो प्रदर्शन गरे।  म्यानचेस्टरले सन् २०१७ मा .युरोपेली क्लब फुटबलको दोस्रो ठूलो उपाधि जितेको थियो।

सेमिफाइनलमा म्याचेस्टरले सेभिया वा उल्भससँग खेल्नेछ। सेभिया र उल्भसले आज मंगलबार खेल्नेछ।  

इन्टरको जितमा निकोलो बारेला र लुकाकुले गोल गरे। लेभरकुसेनबाट काइ हारभटेजले एक गोल फर्काए। सेमिफाइनलमा इन्टरको प्रतिद्वन्द्वी साख्तर डोनेस्क र एफसी बसेलबीच हुने खेलको विजेताबाट हुनेछ। यी दुई आज भिड्दैछन्।


Leave a Reply

Your email address will not be published.