काठमाडौं विश्वविद्यालय १५ दिन बन्द
कोरोना महामारीको जोखिम बढेको भन्दै धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय आजदेखि दुई साताका लागि सम्पूर्ण सेवा बन्द गरिएको छ।
भीडभाड हुँदा संक्रमणको जोखिम बढ्ने भएकाले १५ दिनका लागि विश्वविद्यालय बन्द गरिएको काठमाडौं विश्वविद्यालयले जनाएको छ।
संक्रमितको संख्या बढेको र जोखिम पनि बढेकाले संक्रमणको जोखिमबाट जोगिन १५ दिनका लागि विश्वविद्यालय बन्द गर्नुपरेको विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. सुबोध शर्माले जानकारी दिए।
शर्माका अनुसार सोमबार सूचना जारी गर्दै कोभिड-१९ को संक्रमण बढ्दै गएका कारण काठमाडौं उपत्यकालयगायत काभ्रेपलाञ्चोकका धुलिखेल र बनेपा नगरपालिका क्षेत्रमा पनि संक्रमण बढ्ने सम्भावना दृष्टिगत गरी पूर्वसावधानी स्परुप काठमाडौं विश्वविद्यालय मातहतका स्कुल (अत्यावश्यक र स्कूल अफ मेडिकल साइन्सेजबाहेक) सेवा १५ दिनसम्मका लागि स्थगन गरिएको जनाएको छ।
विश्वविद्यालय स्थगन भए पनि अनलाइन विधिबाट हाल जारी पठनपाठन भने सञ्चालन हुने जनाइएको छ।