कालिमाटीबाटै खपत हुन्छ दैनिक ७ लाख किलो तरकारी

कालिमाटीबाटै खपत हुन्छ दैनिक ७ लाख किलो तरकारी

काठमाडौं उपत्यकामा दैनिक करिब ७ लाख किलो तरकारी खपत हुने गरेको छ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार काठमाडौं उपत्यकामा दैनिक ५ देखि ७ लाख किलो तरकारी खपत हुन्छ।

तरकारी बजारको साउन महिनाको आपूर्ति तथ्यांक हेर्दा सबैभन्दा बढी १० गते आयात भएको छ।

साउन १० मा ९ लाख २६ हजार ५ सय १९ किलो तरकारीजन्य वस्तु आयात भएको छ। जसमा ७ लाख ८८ हजार ९ सय ८२ किलो तरकारी, ८१ हजार ४ सय ४० किलो फलफूल, ४६ हजार १ सय २५ किलो मसलाजन्य सामग्री, ९ हजार ४ सय ७२ किलो माछा र ५ सय किलो अन्य वस्तु छन्।

साउन १ देखि २६ सोमबारसम्मको तथ्यांक हेर्दा कालिमाटीबा मात्रै १ करोड ३८ लाख ७४ हजार ३ सय ६४ किलो तरकारी तथा फलफूलजन्य सामग्री खपत भएको छ।

साउनको २६ दिनमा तरकारी तथा फलफूलजन्य वस्तु खपतको तथ्यांक हेर्दा १ करोड १४ लाख २ हजार ३ सय ३६ किलो तरकारी, १६ लाख ११ हजार ३ सय १० किलो फलफूल, ६ लाख ९४ हजार ६ सय १२ किलो मसलाजन्य वस्तु, १ लाख १३ हजार ७ सय ५६ किलो माछा र ५२ हजार ३ सय ५१ किलो अन्य वस्तु आयात भई खपत भएको छ।

तरकारी बजारमा भित्रिएका सबै तरकारी खपत हुने गरेको छ। तरकारी बजारका उपनिर्देशक तथा प्रवक्ता विनय श्रेष्ठले कालिमाटीमा आयात गरिएको तरकारी सबै खपत हुने जानकारी दिए।


Leave a Reply

Your email address will not be published.