राष्ट्रिय फुटबल खेलाडीकाे काेराेना परीक्षण

राष्ट्रिय फुटबल खेलाडीकाे काेराेना परीक्षण

नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीकाे कोरोना भाइरस (कोभिड-१९) को स्वाब परीक्षण दोस्रो दिन पनि जारी रह्यो। 

अघिल्लो दिन सोमबार गर्न बाँकी रहेका खेलाडीको मंगलबार पाटन अस्पतालमा स्वाब संकलन गरिएको एन्फाले जनाएकाे छ। 
विश्वकप छनोट खेल्नका लागि बोलाइएका ३४ खेलाडीसँगै अन्य पदाधिकारीको स्वाब संकलन गरिएको हो। 

विश्वकप तथा एसिया कप छनोट अन्तर्गत नेपालले अक्टोबर-नोभेम्बरमा अस्ट्रेलिया, चाइनिज ताइपेई र जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ ।
मंगलबार स्वास संकलन गरिएका खेलाडीमा तेज तामाङ, विकेश कुथु, आशिष लामा, अजित भण्डारी, एरिक विष्ट, सेसेहाङ आङदम्बे, विक्रम लामा, अमित तामाङ, भरत खवास, सुमन अर्याल, सरोज दाहाल, अभिषेक रिजाल, सुभाष गुरुङ, सुनिल बल, अनन्त तामाङ, अञ्जन विष्ट, नवयुग श्रेष्ठ, विशाल श्रेष्ठ, रोहित चन्द, किरण चेम्जोङ, जर्जप्रिन्स कार्की, सुजल श्रेष्ठ, विकास खवास छन्। 

अफिसियलमा मधुसुदन उपाध्याय (टिम म्यानेजर), कृष्णभक्त मानन्धर, विकास मल्ल (गोलकिपिङ प्रशिक्षक), विवेक सुवेदी (मिडिया), युजल श्रेष्ठ (मिडिया), राजु डंगोल (चिकित्सक) रहेका छन्।

अघिल्लाे दिन सोमबार प्रशिक्षक किरण श्रेष्ठ, फिजियो अभिषेक पुडासैनीसहित खेलाडीमा रोहित धिमाल, मिक्चेन तामाङ, विशाल राई, रवि शंकर पासवान, दर्शन गुरुङ, विमल राना, दीप कार्की, दिलेन लोप्चन, छिरिङ गुरुङ, देवेन्द्र तामाङ र पुजन उपरकोटी रहेका छन्।

त्यस्तै होस्टल स्टाफतर्फ किचनका ६ जना, क्लिनिङका २ र केयर टेकर्स ४ जना छन्। 



Leave a Reply

Your email address will not be published.