फेसबुकमा गाँसिएको कल्पना र कृष्णको जिन्दगी सिध्याउने सम्बन्ध

फेसबुकमा गाँसिएको कल्पना र कृष्णको जिन्दगी सिध्याउने सम्बन्ध

शनिबारको रात काठमाडौंको आकास रोइरहेको थियो।

साउने झरीले निस्पट्ट थियो रात। पूरै सुनसान थियो। कुकुर भुकेकोसम्म आवाज नसुनिने गरी।

घरका बार्दलीबाट झर्ने पानीको आवाजमात्रै आइरहेको थियो, सबैका कोठाभित्र, प्याट्प्याट पुट्पुट!

त्यही मौका छोपेर राजधानीको गोंगबुमा एउटा विभत्स घटना हुँदै थियो।

गणेशस्थान चोकमा रोल्पाका ४६ वर्षीय कृष्णबहादुर बोहराको घाँटी रेट्दै थिइन् कल्पना मुडभरी (पौडेल)।

आइतबार प्रहरीले फेला पारेको सुटकेसभित्रको शव थियो रुम्टीगढी–७ रोल्पाका कृष्णबहादुर बोहराको।

निदाएपछि कल्पनाले कृष्णको अन्डकोषमा हम्मर हान्दा हान्दै मृत्यु भयो। त्यसपछि उनले शव व्यवस्थापन गर्नु थियो।

हात, खुट्टा, टाउको छिनालेर एउटा झोलामा हालेर फालिन्। त्यसपछि शरीर व्यवस्थापन गर्न गाह्रो भयो कल्पनालाई।

त्यसका लागि अर्को कोठामा रहेकी १५ वर्षीया छोरीको सहारा लिइन्। र, आमाछोरीले उनको शव व्यवस्थापन गरे।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख दीपक थापाका अनुसार हातखुट्टा र टाउको राखेको झोला कल्पनाले एक्लै व्यवस्थापन गरेकी थिइन्।

शरीरको बाँकी भागलाई एउटा सुटकेसमा राख्दा बोक्न नसक्ने भएपछि मात्रै उनले छोरीको सहारा लिएको अनुसन्धानबाट खुलेको थापाले बताए। त्यसका लागि डोरी नाम्लोको समेत प्रयोग भएको पाइएको उनले बताए।

हत्या गर्ने मानसिकतामा कसरी पुगिन् कल्पना

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार कल्पना र कृष्णबीच तीन/चार वर्षदेखि फेसबुकमार्फत चिनजान भएको हो।

प्रहरी अनुसन्धानले मृतक कृष्णबहादुरले कल्पनाको नाम र फोटो राखेर एउटा फेक आइडी बनाएको देखाउँछ। उनले त्यसको दुरुपयोग गरेको ज्ञवालीले बताए।

फेसबुकमार्फत सुरु भएको उनीहरूको सम्बन्ध भेटघाटमा मात्रै सीमित थिएन। 

कल्पनाको कोठासम्म कृष्णको आउजाउ चल्न थाल्यो।

उनीहरूबीच फेसबुकको सम्बन्ध मात्रै रहेन।

पछि शारीरिक सम्बन्धसमेत हुने गरेको प्रहरी अनुसन्धानले देखाउँछ।

अभियुक्त कल्पनाले नक्कली फेसबुक आइडी बनाएर कृष्णले आफूलाई दुःख दिन थालेको र आफूअनुकूल चल्न दबाब दिन थालेपछि कोठामा बोलाएर हत्या गरेको बताइसकेकी छन्।

मृतक कृष्णबहादुर हत्या भएकै दिन बा७२ प ५६४४ नम्बरको स्कुटी चढेर कल्पनाको कोठामा आएका थिए।

कल्पनाले उनलाई दही, चिउरा, मासु र भोड्का खुवाएकी थिइन्।

उनले दहीमा पाँचवटा सिल्पिङ ट्याब्लेट खान दिएको प्रहरीलाई बताएकी छिन्।

कृष्णबहादुर नसाले लठ्ठ भएपछि कल्पनाले ह्यामरले बोहराको अण्डकोषमा हिर्काएर हत्या गरेको पुलिसको प्रारम्भिक अनुसन्धान छ। 
नसाले लठ्ठ परेका बोहरा चिच्याउन सकेनन्।

उनले सलसमेत प्रयोग गरी घाँटी कसेकी थिइन्।

मृतक कृष्णले फेसबुकबाट गरेका गतिविधिको टेक्निकल्ली एनलाइसिस भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ३७ वर्षीया कल्पना गृहिणी हुन्। उनले केही टेलिशृंखलामा समेत अभिनय गरेकी छन्।

अभियुक्त कल्पनाले हत्या गरेको स्वीकार गरेपछि उनीसँगै उनकी छोरी पनि पक्राउ परेकी छन्। 

आइतबार गोंगबुमा फेला परेको शवको सोमबार साँझ मात्रै पहिचान भएको थियो।

‘जोजो’ अप्रेसनले दिलाएको सफलता

प्रहरीले अपराधी पत्ता लगाउन एउटा अपरेसन सुरु ग-यो। जसको नाम थियो ‘जोजो’।

प्रहरीले अपरेसन नाम राखेको थियो संगठनको तालिम प्राप्त ‘जोजो’ कुकुरको नामबाट। 

यहीबाट सुरु भयो प्रहरीको अपरेसन।

चौबिस घण्टासम्म शवको पहिचान हुन नसक्दा प्रहरीले शव सनाखत र अनुसन्धान प्रकृया अघि बढाउनका लागि भन्दै मृतकको फोटो सार्वजनिक ग-यो।

फोटो सार्वजनिक गरेपछि शव पहिचान गर्ने जोकोहीले प्रहरीसँग सम्पर्क गर्न आग्रह ग-यो।

सोमबार मृतकका मामा नाता पर्ने व्यक्तिले सनाखत गरेपछि शव पोष्टमार्टमका लागि लगिएको थियो।

शव पोष्टमार्टमका लागि पठाए पनि अपराधीको खोजी गरी नियन्त्रणमा लिनु सबैभन्दा ठूलो चुनौती थियो प्रहरीलाई।

प्रहरीले अनुसन्धानमा जोजोको भरपूर प्रयोग ग-यो।

शव फालिएको नजिकैको होटललाई प्रहरीले निगरानीमा राख्यो। 

महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसरको संयुक्त टोली अपरेसनमा लाग्यो।

शवको पहिचान भइसकेपछि अनुसन्धान गर्दै जाँदा मृतक आठ महिनादेखि उक्त होटेलमा बस्दै आएको खुल्यो।

होटलमा सोधीखोजी र अनुसन्धान गर्दा प्रहरीले अपराधसँग सम्बन्धित केही प्रमाण फेला पा-यो। जुन प्रमाण अपराधी नजिक पुग्ने बलियो कडी बन्न पुग्यो।

यसरी पुगिन् कल्पना चितवनसम्म

हत्यापछि कल्पना भागेर चितवन माइती जाने योजना बनाउन थालिन्। खोज्दै जाँदा साउन २५ गते बेलुकी चितवनबाट बिरामी लिएर काठमाडौं आएको एम्बुलेन्ससँग उनको सम्पर्क भयो। चिनेजानेको एम्बुलेन्स ड्राइभर भएकाले उनले भाडा तिरेर चितवन जाने निधो गरिन्। र, योजनाअनुरुप उनी चितवन लागिन्।

उनको पहिचानपछि कृष्ण बस्ने होटलबाट कल्पना र कृष्णको सम्बन्धका केही क्लु पाएको प्रहरीले कल्पनालाई पछ्याउन थाल्यो। खोज्दै जाँदा चितवन प्रहरीको समन्वयमा अभियुक्तलाई पक्राउ गर्न सफल भयो।

अभियुक्त र मृतकबीच प्राविधिक र भौतिक सम्बन्ध रहेको प्ररहरीको अनुसन्धानले देखाएको छ।

प्रहरीले घटनास्थलबाट घटनामा प्रयोग भएको धारिलो हतियार, हिर्काउन प्रयोग भएको ह्याम्मर, रगत लतपतिएको पन्जा, म्याट्रेसको टुक्रा, घाँटी कस्न प्रयोग गरेको कालो रंगको सल, सुटकेसको ह्याण्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा, मृतकका कपडा, स्लिपिङ ट्याबलेटको खोल, मोबाइल सेट समेत बरामद गरेको छ।

प्रहरीले सोमबार नै आमाछोरीलाई चितवनको टाँडीबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो।


Leave a Reply

Your email address will not be published.