विप्लव इन्चार्ज ओम पुनकी श्रीमती रिहाइ लगत्तै पक्राउ

विप्लव इन्चार्ज ओम पुनकी श्रीमती रिहाइ लगत्तै पक्राउ

जिल्ला अदालत कैलालीले रिहा गरे लगत्तै  प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भगिनी संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की सेती महाकाली राज्य समिति इन्चार्ज पूर्णिमा धामीलाई पक्राउ गरेर डडेल्धुरा पठाएको छ। 

डडेल्धुरामा चलिरहेको मुद्दाको फरार अभियुक्त भएकोले धामीलाई पक्राउ गरेर डडेल्धुरा पठाइएको प्रहरीले जनाएको छ। 

जिल्ला अदात डडेल्धुरामा चलिरहेको हातहतियार तथा राजद्रोहको मुद्दामा फरार रहेकोले छुटेमा पक्राउ गरेर पठाइदिन पत्र आएकाले पक्राउ गरेर पठाइसकिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले बताए।  

पार्टीका सेती महाकाली ब्यूरो इन्चार्ज ओमप्रकाश पुन र धामी  गत असार ३१ गते पक्राउ परेका थिए।  

सोमबार जिल्ला अदालत कैलालीका न्यायाधीश जयानन्द पनेरुको एकल इजलासले धामीलाई  साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो भने पुनलाई ५० हजार धरोटी  तोकेको थियो। तर, धरौटी नबुझाएपछि पुनलाई सोमबार नै कारागार चलान गरिएको छ।  पुन र धामी श्रीमान श्रीमती हुन्।


Leave a Reply

Your email address will not be published.