लिम्पियाधुरा, लिपुलेक र कालापानीबाट भारतीय फौज हट्नुपर्छः रावल

लिम्पियाधुरा, लिपुलेक र कालापानीबाट भारतीय फौज हट्नुपर्छः रावल

नेकपा स्थायी कमिटी सदस्य भीम रावलले लिम्पियाधुरा, लिपुलेक र कालापानीबाट भारतीय फौज हट्नुपर्ने बताएका छन्।

भारतीय विदेशमन्त्री एस जयशंकरले एउटा भिडियो कन्फ्रेन्समा गौतम बुद्ध महान भारतीय भएको बताएपछि विवाद उत्पन्न भएको थियो। तर, पछि त्यसलाई भारतीय विदेशमन्त्रालयले सच्याएको थियो।

नेपाली पक्षबाट खण्डन भएपछि भारतले उक्त तथ्यलाई सच्याएको थियो। नेता रावलले गौतम बुद्धबारे दिइएको अभिव्यक्ति सच्याइए जस्तै अब लिम्पियाधुरा, लिपुलेक र कालापानीबाट भारतीय फौज हट्नुपर्ने बताएका हुन्।

ट्वीटमा उनले प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन अगाडि बडाउनुपर्ने कुरामा जोड दिनुपर्ने पनि बताएका छन्।

ट्वीटमा उनले भनेका छन्, ‘गौतम बुद्ध नेपालमा जन्मनु भएको तथ्य विपरीत भारतीय विदेशमन्त्रिले दिएको अभिव्यक्ति भारतीय विदेश मन्त्रालयले सच्याएको छ ।अब लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रबाट भारतीय फौंज हट्नुपर्ने र प्रबुध्द व्यक्ति समूहको प्रतिवेदन अगाडि बढाउनु पर्ने कुरामा जोड दिनुपर्छ।’


Leave a Reply

Your email address will not be published.