देशभर थपिए ६३८ कोरोना संक्रमित
मंगलबार देशभर थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २३ हजार ९ सय ४८ जना पुगेको बताए।
आज ७ हजार २ सय १ जना आइसोलेसनमा रहेका छन्। मंगलबार थप १७१ जना उपचारपछि निको भई भएका छन्। योसहित १६ हजार ६ सय ६४ जना संक्रमण मुक्त भएका छन्। कूल संक्रमित मध्ये ६९ प्रतिशत निको भएका छन्।
कोरोना संक्रमणबाट हालसम्म देशभर ७९ जनाले ज्यान गुमाइसकेका छन्।