विश्वभर कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो

कोरोना भाइरस संक्रमितको संख्या मंगलबारसम्म २ करोड पुगेको छ। त्यसमा आधाभन्दा बढी अमेरिका, भारत र ब्राजिलका छन्।

परीक्षणको सीमितता र संक्रमित भएकामध्ये ४० प्रतिशतमा कुनै किसिमको लक्षण देखा नपर्ने तथ्यका कारण वास्तविक संख्या जोन हप्किन्स विश्वविद्यालयले राखेको तथ्यांकभन्दा धेरै हुनसक्ने स्वास्थ्य अधिकारीहरू बताउँछन्। 

गत वर्षको अन्तिममा चीनमा पहिलो पटक देखिएको यो भाइरस करिब ६ महिनामा १० करोडमा फैलिएको थियो। तर त्यसको ६ हप्तामै संक्रमितको संख्या दोब्बर भयो।

अमेरिकी समाचार संस्था एपीको अगस्ट ९ सम्म गरेको तथ्यांक विश्लेषणले विश्वभर संक्रमित कुल संख्याको झन्डै दुईतिहाइ अमेरिका, भारत र ब्राजिलमा रहेको देखिएको छ।

गत जुलाई २२ सम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ५० लाख पुगेको थियो।

भारतमा मंगलबार ५३ हजार ६ सय १ कोरोना भाइरसका नयाँ घटना दर्ता भएकाे छ। भारतमा कुल संक्रमित संख्या २३ लाख नाघेकोे छ। बितेको २४ घण्टामा काेराेनाका कारण ८ सय ७१ जनाको मृत्यु भएपछि भारतमा हालसम्म ४५ हजार २ सय ५७ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ।

भारतमा मध्य जुनदेखि औसत दैनिक करिब ५० हजार नयाँ कोरोनाका घटना दर्ता भएका छन्।


Leave a Reply

Your email address will not be published.