काठमाडौं उपत्यकामा थप १३४ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा थप १३४ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ सय ३४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा थप १ सय ३४ जनामा संक्रमण पुष्टि भएको बताए।

उनका अनुसार मंगलबार काठमाडौंमा ११० जना, भक्तपुरमा ८ जना, ललितपुरमा १६ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमित हुनेको संख्या १ हजार ३ सय १४ पुगेको छ।

मंगलबार देशभर ६ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमित संख्या २३ हजार ९ सय ४८ पुगेको डा. गौतमले बताए।


Leave a Reply

Your email address will not be published.