शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरेको छ।

साउन ५ गतेको मन्त्रिपरिषद्ले शैक्षिक संस्थामा भर्ना, सेमिनार, पार्टी प्यालेस, सैलुन र पुस्तकालय भदौ १ गतेदेखि खोल्ने निर्णय गरेको थियो।

तर,  मन्त्रिपपरिषद्को सोमबारको बैठकले ती सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द राख्ने निर्णय भएको सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए। सरकारको यो निर्णयसँग अब शैक्षिक संस्था कहिलेबाट खुल्छन् यकिन छैन।

शैक्षिक सत्र वैशाखबाट सुरु हुने भए पनि कोरोनाका कारण हालसम्म भर्ना समेत खुल्न सकेको छ।

कोरोनाको संक्रमणदर झन बढ्दै गएको भन्दै सरकारले  ‘सरकारी तथा गैरसकारी संस्थामा ५० प्रतिशत कर्मचारीमात्रै कार्यालयमा आउने र बाँकीले घरबाटै काम गर्ने व्यवस्था गर्न भनेको छ।

सरकारका प्रवक्ता खतिवडाका अनुसार लामो, मध्यम र छोटो दूरीका अन्तर जिल्ला यायायात भदौ १६ गतेदेखि खुल्ने छ। सरकारले यसअघि यी सेवा पनि भदौ १ गतेदेखि खोल्ने निर्णय गरेको थियो। 


Leave a Reply

Your email address will not be published.