कर्णालीमा थप ८ जनामा कोरोना संक्रमण

कर्णालीमा थप ८ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा कर्णालीमा थप आठ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ। 

प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ६ जना, दैलेख अस्पतामा एकजना र चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुम (पश्चिम)मा गरिएको परीक्षणमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

संक्रमण हुनेमा सल्यान र दैलेखका दुई–दुई जना छन्। यस्तै सुर्खेत, सर्लाही, धनुषा र मुसिकोट नगरपालिका रुकुम (पश्चिम) का एक–एक जना छन्। योसँगै कर्णालीमा कोरोना भाइरस संक्रमण हुनेको संख्या २ हजार ११ पुगेको छ। 

मंगलबार ११ जना संक्रमित निको भएका छन्। हालसम्म कर्णालीमा संक्रमणबाट निको हुनेको संख्या १ हजार ८ सय ९१ पुगेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले जानकारी दिए ।

संक्रमण पुष्टि भएकामध्ये कर्णालीमा हालसम्म ६ जनाको मृत्यु भएको छ भने एक सय १४ जना सक्रिय संक्रमितको प्रदेशका विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ। 


Leave a Reply

Your email address will not be published.