लगानी बोर्डका सिइओ भट्टको नियुक्तिविरुद्ध अन्तरिम आदेश

लगानी बोर्डका सिइओ भट्टको नियुक्तिविरुद्ध अन्तरिम आदेश

उच्च अदालत पाटनले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टको नियुक्तिविरुद्ध परेको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

मुख्य न्यायाधीश नहकुल सुवेदीको मंगलबारको एकल इजलासले नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश जारी गर्दै भट्टलाई साउन ३२ गतेसम्म कामकाज नगराउन भनेको हो।

उच्च अदालत पाटनका प्रवक्ता शम्भुप्रसाद रेग्मीका अनुसार ‌ भट्टले आगामी आइतबारसम्म सिइओको हैसियतबाट काम गर्न पाउने छैनन्।
यो रिटमा छलफलका लागि रिट दायरकर्ता र सरकारी पक्षलाई साउन ३२ गते अदालतमा बोलाइएको छ।
  
भट्टको योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता जयबहादुर भुजेलले सोमबार रिट दायर गरेका थिए। गत साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको सिइओमा नियुक्त गरेको थियो।


Leave a Reply

Your email address will not be published.