कोरोना संक्रमणबाट चार जनाको मृत्यु, कूल मृतक संख्या ८३ पुग्यो

कोरोना संक्रमणबाट चार जनाको मृत्यु, कूल मृतक संख्या ८३ पुग्यो

कोरोना संक्रमणबाट नेपालमा ४ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले धनुषाका २ जना, काभ्रेका १ जना र सिन्धुपाल्चोकका १ जना संक्रमितको मृत्यु भएको बताए।

मृत्यु हुनेमा धनुषा जिल्ला विरोह नगरपालिका वडा नम्बर- ८ का ६० वर्षका पुरुष रहेका छन्। उनको साउन २६ गते राति १० बजे प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको मन्त्रालयले जनाएको छ।

मृतक क्षयरोगीका बिरामी रहेको मन्त्रालयले जनाएको छ। निमोनियाको समस्या भई साउन ८ गते अस्पताल पु-याइएका उनी आइसियुमा उपचाररत थिए। धनुषा जिल्ला मिथिला विहारी नगरपालिका वडा नम्बर ५ निवासी विनयतारा फाउण्डेशनमा काम गर्ने (क्यान्सर अस्पताल) जनकपुरमा काम गर्ने ५० वर्षे पुरुषको मृत्यु भएको छ।

उनको साउन २५ मा मृत्यु भएको डा. गौतमले बताए। मृत्यु पश्चात स्वाब संकलन गर्दा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। झाडापखाका बिरामी उनलाई मोटरसाइकलमा राखेर अस्पताल लैजादै गर्दा बाटोमा वेहोश भई लडेको र अस्पतालमा पु-याउँदासम्म उनको मृत्यु भइसकेको थियो।

त्यसैगरी काभ्रेको पाँचखालका ५० वर्षया एक महिलाको मृत्यु भएको छ। साउन २५ मा निमोनियाको लक्षण भई उनी अस्पताल पुगेकी थिइन्। उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो।

उपचारको क्रममा साउन २७ मा किष्ट मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको हो। उनी फोक्सो तथा पित्तथैलीको सम्बन्धि रोगबाट ग्रसीत थिइन्।

सिन्धुपाल्चोक जिल्ला बाह्विसे नगरपालिका वडा नम्बर- ४ निवार्सी ८४ वर्षीय पुरुषको मृत्यु भएको छ। उनी मुटु तथा मृर्गौला सम्बन्धि समस्या लिई साउन २१ मा मनमोहन कार्डियो भास्कुलर शिक्षण अस्पतालमा भर्ना भएका थिए।

मन्त्रालयका अनुसार उनको साउन २२ मा मृत्यु भएको थियो। मृत्यु पश्चात परीक्षण गर्दा उनको ५ दिनपछि अर्थात (साउन २७) मा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणका कारणले मृत्यु हुनेको संख्या ८३ पुगेको छ।


Leave a Reply

Your email address will not be published.