भारतबाट श्रमिक ल्याउन नपाइने

भारतबाट श्रमिक ल्याउन नपाइने

सरकारले हाललाई भारतबाट श्रमिक ल्याउन नपाउने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले कोरोना भाइरसका संक्रमणको जोखिम भन्दै भारतबाट श्रमिक नल्याउन सम्बन्धित पक्षलाई निर्देशन दिएको हो।

सरकारले यसअघि पिसिआर परीक्षण गरेर भारतबाट श्रमिक ल्याउन भनेको थियो। तर, भारतमा कोरोना संक्रमितको संख्या उच्च रहेको र त्यहाँबाट श्रमिक ल्याउँदा नेपालमा झनै जोखिम बढ्ने आकलन गरिएपछि सरकारले यो कदम चालेको हो।

यसैगरी, सरकारले अन्तर्राष्ट्रिय सीमा नाकामा थप कडाइ गर्ने निर्णय गरेको छ। अत्याजवश्यक कामले नेपाल फर्कनेहरूले पनि भारतसँग सीमा जोडिएका १० वटा नाकाबाट मात्र प्रवेश पाउनेछन्। यसअघि यी नाकाको संख्या २० थियो।


Leave a Reply

Your email address will not be published.