बाँकेमा  निषेधाज्ञा शुक्रबारसम्म लम्बियो

बाँकेमा  निषेधाज्ञा शुक्रबारसम्म लम्बियो

साउन १८ गतेदेखि बाँकेमा जारी गरिएको निषेधाज्ञाको अवधि पुनः बढाइएको छ। समुदायस्तरमै कोरोना संक्रमणको दर बढेको भन्दै लागू गरिएको निषेधाज्ञालाई शुक्रबार राति १२ बजेसम्म बढाइएको हो।

मंगलबार बसेको कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले शुक्रबारसम्म निषेधाज्ञा बढाउने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिएका छन्।

यसअघि सिल गरिएको नेपालगन्ज भने खुल्ने भएको छ। यद्यपि निषेधाज्ञा भने कायमै रहने बताइएको छ।
 


Leave a Reply

Your email address will not be published.