प्रदेश १ मा थपिए ९८ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ९८ कोरोना संक्रमित

प्रदेश १ मा एकै दिन ९८ संक्रमित थपिएका छन्। यो प्रदेश १ मा एकैदिन थपिएको हालसम्मै उच्च संख्या रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहेताले जानकारी दिएका छन्। 

उनका अनुसार मंगलबार थपिएका मध्ये सबैभन्दा धेरै ६१ संक्रमित मोरङका छन्। त्यस्तै सुनसरीका १८, उदयपुरका १५, झापाका २, इलाम र ताप्लेजुङका १/१ जनामा संक्रमण देखिएको छ।

विराटनगरमा मात्रै आज ५० जना संक्रमित थपिएका छन्। विराटनगरका २१ महिला र २९ पुरुषको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए। उनका अनुसार समुदाय तहमा मास टेस्ट हुँदा नजिता धेरै आएको हो। विराटनगर महानगरपालिकाले गत साउन १६ गतेदेखि लकडाउन गरेर नगरपालिकाको अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ।  

मोरंगको बुढीगंगा गाउँपालिकामा १० पुरुष, बेलबारीमा १ पुरुष, सुनसरीको दुहवीमा २ महिला र ५ पुरुष, धरानमा २ महिला र २ पुरुष, देवानगञ्जमा ३ पुरुष, हरिनगर र इनरुवामा १/१ पुरुष, सुनसरीको स्थानीय तह नखुलेका १ महिला १ पुरुष, उदयपुरको वेलकामा ४ पुरुष ३ महिला, त्रियुगामा ३ महिला ५ पुरुष, झापाको मेचीनगरमा १ महिला १ पुरुष, इलामको सुर्योदयमा १ र ताप्लेजुङको फुङलिङमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

प्रदेश १ मा मंगलबार १ हजार ६ सय ८२ जना पिसिआर परीक्षण गरिएको छ। पिसिआर परीक्षण गरिएका मध्ये ३४ महिला ६४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। 

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ५३  पुगेको छ। जसमध्ये १ हजार १० जना उपचारपछि घरफर्किसकेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।


Leave a Reply

Your email address will not be published.