जनकपुरका बैंक कर्मचारीमा कोरोना पुष्टि

जनकपुरका बैंक कर्मचारीमा कोरोना पुष्टि

जनकपुरको मुक्तिनाथ विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक प्रयोगशाला जनकपुरमा भएको स्वाब परीक्षणपछि उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो।

मंगलबार मुक्तिनाथ विकास बैंकका ६ र राष्ट्रिय वाणिज्य बैंकका एक कर्मचारीमा संक्रमण पुष्टि भएको बताइएको छ। यसैगरी एनबी बैंकका एक कर्मचारीमा समेत संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यसअघि बैंकका एक कर्मचारीमा संक्रमण पुष्टि भएपछि मुक्तिनाथ विकास बैंकले पछिल्लो विहिबारदेखि सेवा बन्द गरेको छ।

यसैगरी मंगलबार जनकपुरमा ७, हंसपुर नगरपालिका, जनकनन्दनी क्वारेन्टाइन र धमगीका १/१ जना गरी धनुषाको १८ जनामा संक्रमण पुष्टि भएको छ।

महोत्तरीको जलेश्वर नगरपालिकाका ४, जलेश्वर अस्पतालका २, जिल्ला प्रशासन कार्यालय महोत्तरीका १, भंगहा नगरपालिकाका १, मटिहानी नगरपालिकाका १ र पिपरा गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

यसैगरी सिरहाको सुखीपुर नगरपालिकाका ८ र सिरहा घरभइ महोत्तरीको जलेश्वर अस्पतालमा रहेका एकजनामा संक्रमण पुष्टि भएको छ।

बाराको इतियाही विश्रामपुर गाउँपालिका, नकटुवा, पथलैया, सशस्त्र प्रहरी बल निजगढका १/१ र जीतपुर सिमराका ३ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

यता पर्साको वीरगंजमा मात्रै ६५ जनामा संक्रमण पुष्टि भएको छ। वीरगंज महानगरपालिका वडा नम्बर ३ देखि १५ का २४ जना,  छपकैयाका ६, विर्ताका १०, आदर्शनगरका २, माइस्थानका ३, नारायणी अस्पताल क्वार्टरका ४, नेशनल मेडिकल कलेजका ३, जिल्ला प्रहरी कार्यालयका १, जगरनाथपुर गाउँपालिकाका २, वडा प्रहरी कार्यालय विर्ताका ८, धोबिनी गाउँपालिका र वीरगंज कृषि सामग्री लिमिटेडका १/१ जनाम संक्रमण पुष्टि भएको छ।

सर्लाहीको मलंगवा नगरपालिकाका २१ जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरी रौतहटको राजदेवी नगरपालिकाका १, गौर नगरपालिकाका ११, कटहरिया नगरपालिकाका ९ र ठाउँ नखुलेको १९ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले बताएको छ।

सप्तरीको हनुमाननगर कंकालिनी गाउँपालिकाका ४ जनामा संक्रमण पुष्टि भएको छ। मंगलबार १७४ जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६ हजार ६८ पुगेको छ।

प्रदेश २ मा कोरोना संक्रमणका कारण हालसम्म ३० जनाको मृत्यु भइसकेको छ। सबैभन्दा बढी पर्सामा १९, धनुषामा ३, सप्तरी, रौतहट र बारामा २/२ र सिरहामा १ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ।


Leave a Reply

Your email address will not be published.