अब भारतमा रहेका नेपाली यी १० नाकाबाट मात्र फर्कन पाउने

अब भारतमा रहेका नेपाली यी १० नाकाबाट मात्र फर्कन पाउने

सरकारले भारतमा रहेका नेपाली स्वदेश फर्कने सीमा नाकाको स‍ंख्या घटाएको छ।

सरकारले अन्तर्राष्ट्रिय सीमा नाका भदौ ३१ गतेका लागि बन्द गरेकोमा भारतबाट स्वदेश फर्कने नेपालीका लागि १० वटा नाका तोकेको हो।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी आदेशको‘प्रवेश विन्दुसम्बन्धी व्यवस्था’ परिमार्जन गरेको हो।

यससँगै भारतबाट स्थलमार्ग हुँदै स्वदेश आउने नेपाली १० वटा सिमा नाकाबाट मात्र प्रवेश पाउनेछन्। यसअघि कोरोना संक्रमणकै बेला प्रवेश नाका २० कायम गरिएको थियो।

 १० नाका यी हुन्

– काकडभिट्टा (झापा)
– रानी (मोरङ)
– माडर (सिराहा)
– गौर (रौतहट)
– वीरगञ्ज (पर्सा)
– वेलहिया (रूपन्देही) 
– कृष्णनगर (कपिलवस्तु)
– जमुनाह (बाँके)
– गौरीफन्टा (कैलाली)
– गड्डाचौकी (कञ्चनपुर)


Leave a Reply

Your email address will not be published.