ओप्पो ए–५२ नेपाली बजारमा, यस्ता छन् विशेषता

ओप्पो ए–५२ नेपाली बजारमा, यस्ता छन् विशेषता

ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन ए–५२ सार्वजनिक गरेको छ।

यसको मूल्य २९ हजार ९ सय ९० रुपैयाँ तोकिएको ओप्पोले जनाएको छ। यो फोन ट्वाइलाइट ब्ल्याक र स्ट्रिम ह्वाइट गरी दुई रङमा उपलब्ध छ। यसको मोटाइ ८.९ मिलिमिटर र तौल १ सय ९२ ग्राम छ। डिस्प्ले १०८०/२४०० एफएचडी रिजोलुसनसहित ६.५ इन्च नियो डिस्प्ले (ब्लाइन्ड होल स्क्रिन) प्रयोग गरिएको छ। 

स्क्रिनको पिक्सेल डेन्सिटी ४०५ पिपिआइ छ। उपकरणको स्क्रिन टु बडी रेसियो ९०.५ प्रतिशत छ। फोनको डिस्प्लेमा इन(सेल टेक्नोलोजी (सनलाइट स्क्रिन), ब्लु सिल्ड (टियुभी राइनल्यान्ड प्रमाणित) लगायत उपलब्ध गरिएको कम्पनीले जनाएको छ।

ओप्पो ए–५२ मा कम्पनीले क्वाड रियर क्यामेरा सेटअप प्रयोग गरेको छ। यसको प्रमुख रियर क्यामेरा एफ १.७ एपर्चरसहित १२ एमपी र सेकेन्डरी रियर क्यामेरा एफ २.२ सहित ८ एमपी (वाइड) छ। 

फोनमा दुईवटा एफ २.४ एपर्चरसहितको २ एमपी रिजोलुसन सेन्सर छन्। जसमध्ये एउटा माइक्रो लेन्स र अर्को पोट्रेट लेन्स हुन्। 

यिनमा टच टु फोकस, फेस डिटेक्सन एएफ अटोफोकस प्रविधि पनि उपलब्ध छ। फोनको रियर क्यामेरालाई सहयोगार्थ यसमा डुअल एलइडी फ्ल्यास प्रयोग गरिएको छ। सेल्फीका लागि एफ २.० एपर्चरसहितको १६.० एमपी फ्रन्ट क्यामेराको व्यवस्था गरिएको छ।

कम्पनीका अनुसार फोनमा ४ जिबी -याम र १ सय २८ जिबी आन्तरिक सञ्चय क्षमताको व्यवस्था छ।

कलरओएस ७.१ (एन्ड्रोइड १०) द्वारा सञ्चारित हुने यसमा प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार एसएसडीमार्फत सञ्चय क्षमतालाई २ सय ५६ जिबीसम्म बढाउन सक्छन्। 

फोनमा साइड माउन्टेड फिङ्गरप्रिन्ट सेन्सर प्रयोग गरिएको छ। यसमा १८ वाट फास्ट चार्जिङ प्रविधिसहितको ५ हजार एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ।


Leave a Reply

Your email address will not be published.