हिसाबकिताब सार्वजनिक गर्न गणेशमान चारनाथ नगरपालिकालाई कांग्रेसको माग

हिसाबकिताब सार्वजनिक गर्न गणेशमान चारनाथ नगरपालिकालाई कांग्रेसको माग

नेपाली कांग्रेसले धनुषाको गणेशमान चारनाथ नगरपालिकको हिसाबकिताब सार्वजनिक गर्न माग गरेको छ। नगरपालिकाले हरहिसाब पारदर्शी नगरेको भन्दै कांग्रेसको गणेशमान चारनाथ नगर समितिले यस्तो माग गरेको हो।

विकास निर्माण कार्यमा अनियमितता गरेको भन्दै कांग्रेसले हरहिसाब सार्वजनिक गर्न माग गर्दै नगरपालिकालाई ध्यानाकर्षण गराएको छ। 

नगरपालिकाले हिसाबकिताब सार्वजनिक गर्नुपर्ने लगायतका माग राख्दै कांग्रेसले बीरेन्द्र बजारमा -यालीसमेत निकालेको छ।

कोरोना महामारीपछि सुरु भएको लकडाउनका कारण विपन्न तथा मध्यमवर्गीय परिवार आर्थिक समस्यामा परेको भन्दै कांग्रेसले यथाशीघ्र राहतको व्यवस्था गर्नसमेत नगरपालिकालाई ध्यानाकर्षण गराएको छ। 

पाँच महिनाको बन्दाबन्दीका कारण गरिब विपन्नका साथै मध्यमवर्गीय परिवारहरू पनि आर्थिक समस्याको सामना गर्न बाध्य भइरहेकोले नगरपालिकालाई आवश्यक उपाय अपनाउन कांग्रेसले भनेको छ।

साथै लकडाउन अवधिको विद्यालय शुल्क मिन्हाका लागि पहल गर्न कांग्रेसले नगरपालिकाको ध्यानाकर्षण गराएको छ।


Leave a Reply

Your email address will not be published.