सोती घटनामा ज्यान गुमाएका परिवारलाई सरकारको १० लाख

सोती घटनामा ज्यान गुमाएका परिवारलाई सरकारको १० लाख

सरकारले सोती घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई १० लाख दिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रति परिवार १० लाख दिने निर्णय गरको हो।

सोती घटनामा ६ जनाले ज्यान गुमाएका थिए। ज्यान गुमाउनेमा नवराज विक, गणेश बुढा मगर, लोकेन्द्र सुनार, संजीव विक, गोविन्द शाही,  र टिकाराम नेपाली रहेका छन्। 

यस्तै सरकारले घाइतेहरूको उपचार गर्दा लागेको खर्च अस्पताल विलकाल आधारमा दिने निर्णय गरेको छ।

 


Leave a Reply

Your email address will not be published.