स्वास्थ्य मन्त्रालयलाई चौधरी फाउण्डेसनबाट आठ भेन्टिलेटर

स्वास्थ्य मन्त्रालयलाई चौधरी फाउण्डेसनबाट आठ भेन्टिलेटर

चौधरी ग्रुप अन्तर्गतको चौधरी फाउण्डेसनले कोरोनाका गम्भीर बिरामीका लागि अत्यावश्यक भेन्टिलेटर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ। 

फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि चौथो चरणको सहयोग अन्तर्गत आज स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई  ८ वटा भेन्टिलेटर हस्तान्तरण गरेका हुन्।

अस्पतालहरूमा सघन उपचार कक्ष र भेन्टिलेटरको अभाव भैरहेको छ। चौधरी फाउण्डेसनले हस्तान्तरण गरेका भेन्टिलेटर प्रदेश–१, प्रदेश–२, बाग्मति र प्रदेश ५ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकारहरूसँगको समन्वयमा अस्पतालहरूलाई उपलब्ध गराउनेछ। 
 
भेन्टिलेटर हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाका गम्भीर बिरामीको संख्या बढीरहेको अवस्थामा चौधरी फाउण्डेसनले गरेको सहयोगप्रति खुशी व्यक्त गरे।

ग्रुपका प्रबन्ध निर्देशक चौधरीले कोरोनाका क्रिटीकल विरामीहरूलाई उपचारका लागि सहयोग गर्न फाउण्डेसनले भेन्टिलेटर हस्तान्तरण गरेको बताए। 

कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि फाउण्डेसनले यसअघि तीन चरणमा सहयोग हस्तान्तरण गरिसकेको छ। पहिलो चरणमा फाउण्डेसनले पूर्वदेखि पश्चिमका ४८ वटा अस्पताल एवं स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीका लागि पिपिई, एन–९५ मास्कलगायत स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको थियो। 

दोस्रो चरणमा कोरोना परीक्षण किट सहयोग गरिएको चौधरीले बताए। दोस्रो चरणमा फाउण्डेसनले एक हजार थान पिसिआर रिएजेन्ट स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको थियो।


Leave a Reply

Your email address will not be published.