कमला डेमोक्र्याटकी उपराष्ट्रपति उम्मेदवार

कमला डेमोक्र्याटकी उपराष्ट्रपति उम्मेदवार

अमेरिकी राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडनले सांसद कमला ह्यारिसलाई उपराष्ट्रपति पदका लागि उम्मेदवार घोषणा गरेका छन्।

कमला ती महिला हुन् जसले कुनै बेला बाइडेनलाई आफू राष्ट्रपति पदका लागि उम्मेदवार बन्नसक्ने चुनौती दिएकी थिइन्। 
यो पदका लागि चुनाव लड्ने बाइडेन पहिलो अश्वेत महिला भएकी छिन्। उनी भारतीय–जमैकनका मूलकी हुन्। 

योभन्दा पहिला अमेरिकामा दुईपटक महिलालाई उप–राष्ट्रपतिका लागि उम्मेदवार बनाइएको छ। २००८मा रिपब्लिकनले सारा पालिनलाई उपराष्ट्रिपतिको उम्मेदवार बनाएको थियो भने १९८४मा डेमोक्रेटिक पार्टीले गिरालडिन फेरारोलाई यो पदका लागि उम्मेदवार बनाएको थियो। तर, दुबैले चुनाव जित्न सकेनन्। 

अमेरिकी इतिहासमा अहिलेसम्म न कुनै अश्वेत महिला राष्ट्रपति पदका लागि चुनाव लडेका छन् न कुनै महिलाले राष्ट्रपतिको चुनाव जितेका छन्। 

कमला क्यालिफोर्नियाबाट जितेकी सांसद हुन्। 

आगामी नोभेम्बर ३ मा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि बाइडेनले बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्प र कमलाले माइक पेन्ससँग उपराष्ट्रपतिका लागि प्रतिष्पर्धा गर्नेछन्। 

५५ वर्षीय कमला जमैकन बाबु र भारतीय आमाकी छोरी हुन्। 


Leave a Reply

Your email address will not be published.