तुलसीपुर उपमहानगरका ९५ प्रतिशत योजना सम्पन्न

तुलसीपुर उपमहानगरका ९५ प्रतिशत योजना सम्पन्न

तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा ९५ प्रतिशत योजना सम्पन्न गरेको छ। 

विभिन्न खालका ७ सय ३०  योजनामा ६ सय ९१ योजना सम्पन्न गरिएको हो। ३९ योजना यो आर्थिक वर्षमा सम्पन्न हुन सकेनन्। 

असारमा मात्रै विकास गर्ने अवधारणालाई परिवर्तन गरेर तुलसीपुरले गत आर्थिक वर्षबाट प्राथमिकता निर्धारण गरेर योजना अगाडि वढाएका कारण समयमै योजना सम्पन्न गर्न सकिएको नगर प्रवक्ता सुर्यवहादुर डाँगीले जानकारी दिए। उनले कोरोनाका कारण केही योजनाको रकमान्तरण गर्नुपरेपनि त्यसको संख्या न्यून छ। 

योजना शाखाका प्रमुख टेकवहादुर खड्काका अनुसार गत आर्थिक वर्षमा ४ सय ५७ वटा वडास्तरीय योजनाहरुमा ४ सय ४७ योजना सम्पन्न भएका छन् भने ३८ वटा बहुवर्षिय आयोजनामा ३७ वटा सम्पन्न भइरहेका छन्। 

निर्वाचन क्षेत्र नम्वर ३ को स्थानीय पूर्वाधार कार्यक्रम अन्तर्गत १० वटा योजनामा सबै योजनाहरु सम्पन्न भने क्षेत्र नम्वर ३ को पनि ५ वटा योजनामा सबै योजनाहरु सम्पन्न भएका छन्।

संघीय सरकारको ससर्त अनुदान अन्तर्गत शिक्षा तर्फ १० वटा भवन निर्माणका योजनाहरुमा सबै योजनाहरु सम्पन्न भएको पनि योजना शाखाले जानकारी दिएको छ। संघीय समपुरक अन्तर्गतको एउटा योजना पनि सम्पन्न भइसकेको छ। 

उपमहानगरपालिकाले सम्पन्न गरेको योजनाहरुमा सिँचाइतर्फ १ सय ३९, खानेपानी तर्फ ६१, भवनका १ सय ९९, अन्य कार्यक्रमतर्फ १ सय ६७ योजनाहरु रहेका छन्। 

यसैगरी संघीय सरकार विशेष अनुदान अन्तर्गत ४ वटामा ३ योजना, प्रदेश समपुरक अनुदानमा २ वटामा १ जना, प्रदेश सशर्त अनुदान १२ वटामा ११ वटा सम्पन्न भएका छन्। 

प्रदेश विशेष अनुदान २ वटामा २ वटा, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत २ वटा योजना, तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत ४ वटा योजनामा ३ वटा योजना, गरीबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत ३ वटा योजनामा ३ वटा सम्पन्न भएको योजना प्रमुख खड्काले जानकारी दिए। 

संघीय सरकारको कार्यक्रम अन्तर्गत ९ वटा वडामा उर्जा सोलार बत्ति जडानको काम पनि सम्पन्न भएको छ। महिला तथा बालबालिका मन्त्रालय अन्तर्गतको एउटा योजनामा सम्पन्न भइसकेको छ भने सडक बोर्डका २ वटा योजना पुरै बाँकी रहेका छन्। 


Leave a Reply

Your email address will not be published.