डोटीमा बस दुर्घटना, तीनजनाको मृत्यु

डोटीमा बस दुर्घटना, तीनजनाको मृत्यु

डोटीको पूर्वीचौकी गाउँपालिका–१ खिरसैनमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। 

भारतबाट आएकाहरूलाई बोकेर कैलालीको धनगढीबाट अछामतर्फ गईरहेको ना ६ ख २५२९ नं. को बस बुधवार बिहान करीव ५.३० बजे तल्लो फुलोट भन्ने ठाउँमा दुर्घटना भएको हो। 

दुर्घटनामा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए। मृतकको सनाखत हुन सकेको छैन।  

बोहराका अनुसार दुर्घटनामा परी ३१ जना घाईते भएका छन्। घाईतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी पठाईएको प्रहरी निरीक्षक बोहराले बताए। 

उनले घाईतेहरुमध्ये केहीको अवस्था गम्भिर रहेको समेत जानकारी दिए। घटनास्थलमा प्रहरी उपरीक्षक जनकराज पाण्डे नेतृत्वको प्रहरी टोली र स्थानीयवासीहरु उद्दारका लागि खटिएका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ। 


Leave a Reply

Your email address will not be published.