कीर्तिपुरकाे फोहर नउठ्ने, केही दिन घरमै राख्न आग्रह
कीर्तिपुर नगरपालिकाले घर तथा कारखानाबाट निस्कने फोहर केही समयका लागि आफैं व्यवस्थापन गर्न नगरवासीलाई अनुरोध गरेको छ।
नुवाकोटको ककनी–२ सिसडोलस्थित ल्याण्डफिल साइटसम्म जाने बाटो बिग्रेकाले बाटो मर्मत नहुँदासम्म आफ्नो घर तथा कारखानाबाट उत्पादन हुने फोहोर जथाभावी नफाल्न अनुरोध गरेको छ।
अहिले गाडी जान सक्ने अवस्था नभएकाले सुरक्षित तरिकाले आफ्नै कम्पाउण्डभित्र फोहोर व्यवस्थापन गर्न नगरपालिकाले सूचना जारी गर्दै अनुरोध गरेको हो।
अविरल वर्षा भइराखेको र अझै केही दिन हुनसक्ने भएकाले त्यहाँसम्म सवारी साधन पुग्न कठिनाई उत्पन्न भएको नगरपालिकाले जनाएको छ।