प्रदेश सांसद कुसुम श्रेष्ठलाई काेराेना संक्रमण
विराटनगरः प्रदेश १ काे प्रदेश सभा सदस्य कुसुम श्रेष्ठलाइ काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।
धनकुटाबाट प्रतिनिधित्व गर्ने सांसद तत्कालीन माओवादीबाट उमेदवार भएकी हुन्।
इटहरीमा डेरा गरेर बस्ने सांसदलाइ सामान्य टाउकाे दुख्ने र ज्वराे आएपछि आइतबार दिइएकाे स्वाबबाट काेराेना पुष्टि भएकाे श्रेष्ठले जानकारी दिइन्।
श्रेष्ठ दुई छाेरीसहित इटहरीमा बस्छिन्। उनका श्रीमान र उनमा काेराेना पुष्टि दुई छाेरीमा भने काेराेना देखिएकाे छैन।
अहिले दुवैकाे स्वास्थ्य सामान्य रहेकाे र चिकित्सककाे परामर्शअनुसार आइसाेलेसनमा बस्ने तयारी रहेकाे श्रेष्ठले जानकारी दिइन्।